दफा ८ग
अन्तर्राष्ट्रिय इकाईहरु नेपाली अङ्कमा रहने
(१) गणनाको मूल इकाई अन्तर्राष्ट्रिय इकाईको आधारमा नेपाली अङ्कहरु हुनेछ र आवश्यकता अनुसार अङ्ग्रेजी अङ्कहरू-प्रयोग गर्न सकिनेछ ।
(२) प्रत्येक गणना दशमलव प्रणालीमा हुनेछ ।
(३) गणनाको दशमलव अपवत्र्य (मल्टिपल्स) र अपवर्त (सव मल्टिपल्स) तोकिएको संज्ञा तथा तरीका अनुसार लेखिनेछ ।